शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रौतहट र मोरङ घटनाबारे गहिरो अनुसन्धान गर्न कांग्रेसको माग

रौतहट र मोरङ घटनाबारे गहिरो अनुसन्धान गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले रौतहट र मोरङमा बिहीबार भएका दुई युवाको शंकास्पद मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– नेपाली कांग्रेसले रौतहट र मोरङमा बिहीबार भएका दुई युवाको शंकास्पद मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ।

रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षीय विजय महराको अकस्मात वीरगन्जको एक अस्पतालमा निधन भएको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसमक्ष माग गर्दछ।’

त्यस्तै मोरङको जिल्ला कारागारमा रहेका २६ वर्षीय निराजन यादवको अपराह्न कोसी अस्पताल पुर्याएलगत्तै भएको मृत्यु बारे शंकास्पद विवरणहरु बाहिर आएको भन्दै त्यसबारे पनि सत्यतथ्य अनुसन्धान गर्न कांग्रेसले माग गरेको छ।

कांग्रेसले रौतहट माधवनारायण नपाको एक मन्दिरका पूजारी राम साहको हत्याका सम्बन्धमा विशेष अनुसन्धान गर्न पनि विज्ञप्तिमा माग गरिएको छ।

प्रकाशित: Aug 27, 2020| 19:03 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।