शुक्रबार, भदौ १२, २०८३

निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवा दिने पक्राउ

निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा दिने विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं- निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा दिने विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरका अनुसार यूजी केककी सञ्चालिका निकिता आचार्य, फूडमाण्डुका सञ्चालक मनोहर अधिकारी, एम एक्सप्रेसका सञ्चालक संगम सिंह, अनलाइन बिक्री केन्द्र किरानाका सागर भट्ट लगायतलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको हो।

अनलाइन माध्यमबाट माग भएका खानेकुरा तथा अन्य वस्तु डेलिभरी गर्न हिँडेका व्यवसायीलाई प्रहरीले सडकमै नियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको परिसरका प्रवक्ता एसपी सोमेन्द्र राठौरले बताए।

विभिन्न कम्पनीको खाद्य वस्तु डेलिभरी गर्ने दर्जन हाराहारी डेलीभरीकर्तालाई पनि प्रहरीेले नियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको जनाएको छ।

राजधानीका विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा केहीबेर राखेर पठाइने गरेको राठौरले जानकारी दिए।

प्रकाशित: Aug 27, 2020| 18:52 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।