शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र प्रहरीद्वारा एक महिनामा सवा दुई करोडको अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा एक महिनामा सवा दुई करोडको अवैध सामान बरामद

कोराना भाइरसको संक्रमण बढेसँगै अनधिकृत रुपमा सीमा वारपार गर्नेहरुलाई नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरी देशैभरका सीमा क्षेत्रमा त्रिपाल टाँगेर सुरक्षामा खटिएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

भैरहवा– कोराना भाइरसको संक्रमण बढेसँगै अनधिकृत रुपमा सीमा वारपार गर्नेहरुलाई नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरी देशैभरका सीमा क्षेत्रमा त्रिपाल टाँगेर सुरक्षामा खटिएको छ। सशस्त्रले चोरी तस्करी नियन्त्रणमा उल्लेख्य काम गरेको तथ्यांकमा देखिएको छ।

सशस्त्र प्रहरीबल नेपाल विन्ध्याबासिनी बाहिनी मुख्यालय प्रदेश नम्बर ५ ले सीमा सुरक्षामा विशेष योजनाका साथ काम गरिरहेको बाहिनीपति प्रहरी नायब महानिरीक्षक (डिआइजी) किशोर प्रधानले बताए। डिआईजी प्रधानले भने, ‘हाम्रो मुख्य जिम्मेवारी सीमा सुरक्षा हो । सोहि अनुसार प्रदेश ५ का सबै सीमामा सुरक्षा तैनाथि छ । त्यसका अतिरिक्त चोरी तस्करी नियन्त्रणमा पनि लागिरहेका छौं ।’

कोरोना संक्रमणको कारण स्थानीय प्रशासनद्वारा जारी भएको लकडाउन तथा निषेधाज्ञाको अवधिमा पनि चोरी तस्करी हुने गरेपछि उक्त कार्य नियन्त्रणमा सशस्त्रले सक्रियता बढाएको हा ।

एक महिनाको अवधिमा सशस्त्र प्रहरी बल विन्ध्याबासिनी बाहिनी मुख्यालय प्रदेश ५ ले २ करोड १० लाख ५७ हजार रुपैयाँबराबरको अवैध समान बरामद गरी भन्सार चलान गरेको छ ।

प्रकाशित: Aug 27, 2020| 18:07 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।