शुक्रबार, भदौ १२, २०८३

पैसा नभएका बिरामीलाई अस्पतालले फिर्ता गर्न नपाउने

स्वास्थ्य सेवा विभागले कुनै पनि बिरामीलाई पैसा नभएको नाउँमा अस्पतालहरुले उपचार नगरी फिर्ता गर्न नपाउने जनाएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं- स्वास्थ्य सेवा विभागले कुनै पनि बिरामीलाई पैसा नभएको नाउँमा अस्पतालहरुले उपचार नगरी फिर्ता गर्न नपाउने जनाएको छ।

विभागका उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार सबै अस्पतालले क्षमताअनुसार सेवा दिनुपर्ने र बिरामीको आर्थिक अवस्था हेरेर फिर्ता गर्न नपाउने बताए। उनले गरिब तथा विपन्न बर्गका लागि मन्त्रालयले तोकेको कोटाभित्र रहेर उपचार गर्न निर्देशन दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. पोखरलेले कोभिडको समयमा केही अस्पतालले फाइदा उठाएको बताए।

बिरामीहरुको उपचारमा निजी अस्पतालहरुले अटेरी गरेको प्रति स्वास्थ्य सेवा विभागले आपत्ति जनाएको छ। कोभिडको समयमा बिरामीको उपचार नगर्ने, आर्थिक अवस्था हेरेर भर्ना गर्ने जस्ता क्रियाकलाप निजी अस्पतालले गरेको भन्दै स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले आपत्ति जनाएका हुन्।

नेपालमा बन्दाबन्दीको सुरुवाती समयमा अस्पतालको क्षमता वृद्धि गर्न, नीति तथा निर्देशिका बनाउन अत्यावश्यकबाहेक अन्य सेवालाई थाती राखिएको थियो।

तर पछिल्लो समय सबै प्रकारका बिरामीको उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरिसक्दा पनि अस्पतालहरुलाई पूर्ववत् अवस्थामा ल्याउन नसकेको उनले बताए।

अस्पतालहरुले मन्त्रालयको निर्णय नमान्दा बिरामीहरुले सेवा नपाएकोप्रति ध्यानाकर्षण भएको बताएका छन्। अब अस्पतालहरुको अनुगमन गरिने पनि डा. पोखरेलले बताए। साथै अस्पतालहरुलाई नियमित रुपमा सञ्चालन गर्न र प्राथमिकताका आधारमा सेवा सञ्चालन गर्न उनले आग्रह गरेका छन्।

मन्त्रालयले जुनसुकै बेला पनि सबै प्रकारका अस्पतालहरुलाई आफ्नो तरिकाले परिचालन गर्न सक्ने उनले बताएका छन्।

प्रकाशित: Aug 27, 2020| 18:00 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।