शुक्रबार, भदौ १२, २०८३

आज ११ सयभन्दा बढी संक्रमित थप, ५६९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको पीसीआर नमुना परीक्षण गरिएमा १ हजार १११ जनामा संक्रमण पुष्टि भएकाे हाे।

हाल देशमा सक्रिय संक्रमितको संख्या १५ हजार २७३ छ। जसमध्ये ९ हजार ६३ जना संस्थागत आइसोलेसनमा र ६ हजार २१० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २० हजार ७३ छ।

प्रकाशित: Aug 27, 2020| 16:25 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।