काठमाडौं– काठमाडौं उपत्यकामा आज (बिहीबार) ३७७ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जनामा संक्रमण पुष्टि भएको हो।
केही दिनयता उपत्यकामा दैनिक सय जनाभन्दा बढी संक्रमित थपिइरहेका छन्।
हिजो बुधबार काठमाडौंका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जना गरी ३०२ जनामा संक्रमण पुष्टि भएको थियो।
मंगलबार काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ भक्तपुरका जनामा संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी सोमबार काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ गरी २२४ जनामा संक्रमण पुष्टि भएको थियो।
आइतबार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको थियो।
काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ४ हजार ३७७ पुगेको छ ।
यीमध्ये काठमाडौंका ३ हजार ३३६, ललितपुरका ५८९ जना र भक्तपुरका ३४३ जना छन्।