विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९० जना कोरोना संक्रमित थपिएका छन्।
मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा चार, इलाम र प्रदेश १ बाहिरका एक–एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
विराटनगरमा बिहीबार ३८ संक्रमित थपिएका छन्। २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ। मोरङको कटहरीमा तीन महिला चार पुरुष र सुन्दरहरैंचामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा चार महिला आठ पुरुष, इटहरीमा दुई महिला आठ पुरुष, गढीमा दुई महिला दुई पुरुष, रामधुनीमा चार पुरुषमा कोरोना संक्रमण भएको छ। यस्तै बर्जुमा तीन पुरुष, धरानमा एक महिला दुई पुरुष तथा इनरुवामा एक महिला र एक पुरुषमा कोरोना संक्रमित थपिएका छन्।
संखुवासभाको खाँदबारीका चार पुरुष, इलामका इलाम नगरपालिकाका एक महिला र प्रदेश १ बाहिरका एक पुरुषमा संक्रमण देखिएको छ। योसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीन हजार ३० पुगेको छ।
प्रदेश १ बाट बिहीबार ८१ जना डिस्चार्ज भएका छन्।
कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, काली सदन आइसोलेसन विराटनगरबाट एक र होम आइसोलेसनबाट २९ जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या एक हजार ४९६ पुगेको छ।
प्रदेश १ मा बिहीबार एक हजार ७७३ जनाको पीसीआर परीक्षण गरिएको छ। पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला र ५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
मन्त्रालयका अनुसार बिहीबारसम्म ८३ हजार ८७५ जनाको पीसीआर परीक्षण भएको छ ।