शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जाजरकोट अस्पताल सिल, ७३२ जनाको स्वाब प्रयोगशालामै थन्कियो

जाजरकोट अस्पताल सिल, ७३२ जनाको स्वाब प्रयोगशालामै थन्कियो

जाजरकोट जिल्ला अस्पताल (जिल्ला स्वास्थ्य कार्यालय) आज (बिहीबार) देखि अनिश्चितकालका लागि सिल गरिएको छ।
 |  बिहीबार, भदौ ११, २०७७
nespernesper

देव राना

देव राना

बिहीबार, भदौ ११, २०७७

सुर्खेत- जाजरकोट जिल्ला अस्पताल (जिल्ला स्वास्थ्य कार्यालय) आज (बिहीबार) देखि अनिश्चितकालका लागि सिल गरिएको छ।

triton college

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको हो।

चार जना चिकित्सक र एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सवै सेवा बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनील पुनले जानकारी दिए।

जन स्वास्थ्य कार्यालयले अस्पतालमा कार्यरत १० जना र आइसोलेसनमा बसेका ६ जना गरी कुल १६ जनाको स्वाब परीक्षणको लागि प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत पठाएको थियो। जसमध्ये चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

जाजरकोटमा केही देनिअघि बैंकका कार्मचारी, सुरक्षाकर्मी लगायत समुदायका १९ जनामा कोरोना संक्रमण देखिएको थियो। समुदायमै संक्रण फैलिएपछि १५ गतेसम्मका लागि सदरमुकाममा निषेधाज्ञा लगाइएको छ।

Metro Mart
vianet

१९ जना संक्रमितको सम्पर्कमा आएका ३०४ जनाको स्वाव संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको कोरोना फोकल पर्सन कृष्ण खत्रीले जानकारी दिए।

जाजरकोटका ७३२ जनाको स्वाब रुकुपश्चिमको चौरजहारी र सुर्खेतको प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा थन्किएको छ।

जुनीचाँदे गाउँपालिकाका तीनसय ६४ जनाको र छेडागाड नगरपालिकाले २८ जनाको स्वाव भदौ ६ गते चौरजहारी प्रयोगशालामा पठाएका थिए। त्यस्तै भेरी नगरपालिकाका ३४० जनाको स्वाव सुर्खेत पठाइएको थियो।

हालसम्म कसैको पनि नजिता आउन सकेको छैन। नजिता आउन समय लाग्ने भएपछि कोरोना आशंकितलाई स्वाब संकलनपछि सम्झाएर घर पठाउने गरिएको छ। स्वास्थ्य मापदण्डअनुसार स्वाव दिएको व्यक्ति नजिता नआउँदासम्म होम आइसोलेसन अथवा अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहनुपर्छ।

प्रकाशित: Aug 27, 2020| 16:00 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।