शुक्रबार, भदौ १२, २०८३

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको छ।

जसमा काठमाडौंका ३ जना, सुर्खेत, बाँके र जाजरकोटका २–२ जना तथा भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक र सल्यानका १–१ जनामा कोरोना पुष्टि भएको छ।

आज थपिएका सँगै कर्णाली प्रदेशमा कुल सांक्रमितको संख्या २ हजार ३४४ पुगेको छ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना संक्रमणमुक्त भएर जम्मा ६ जना डिस्चार्ज भएका छन्।

अहिलेसम्म कर्णाली प्रदेशबाट २ हजार २५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

No photo description available.

प्रकाशित: Aug 27, 2020| 15:30 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।