शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चट्याङ र करेन्ट लागेर कञ्चनपुर, पर्सा र कास्कीमा तीन जनाको मृत्यु

चट्याङ र करेन्ट लागेर कञ्चनपुर, पर्सा र कास्कीमा तीन जनाको मृत्यु

चट्याङ र करेन्ट लागेर कञ्चनपुर, पर्सा र कास्कीमा तीन जनाको मृत्यु भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– चट्याङ र करेन्ट लागेर कञ्चनपुर, पर्सा र कास्कीमा तीन जनाको मृत्यु भएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अम्मर बस्ती बस्ने २७ वर्षीय गणेश बहादुर सिंहको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ।

चट्याङ लागेर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएका अन्य २ जनाको उपचार भइरहेको छ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका–२९ सैनिक बस्ती बस्ने मकवानपुर घर भएका ३२ वर्षीय बाबु तामाङको करेन्ट लागेर मृत्यु भएको छ।

निर्माणाधिन घरमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका तामाङको लेखनाथ सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उता पर्सा, सखुवाप्रसौनि गाउँपालिका–३ कटैयास्थित बन्दै गरेको नेपाल टेलिकमको टावरमा मेसिन संचालन गर्न लाईन जोड्ने क्रममा करेन्ट लागेर टेलिकमका कर्मचारी बिराटनगर घर भएका ३४ वर्षीय हरि थापाको मृत्यु भएको छ।

करेन्ट लागेर बेहोस भएका थापाको नारायणी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: Aug 27, 2020| 15:25 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।