शुक्रबार, भदौ १२, २०८३

सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमित ७२४

सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७२४ पुगेको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७२४ पुगेको छ। बुधबार प्रदेशमा १८६ जना कोरोना जितेर घर फर्केपछि सक्रिय संक्रमितको संख्या ७२४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहले निर्माण गरेको आइसोलेसनबाट उनीहरुलाई घर पठाइएको हो।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सबैभन्दा बढी कैलालीमा ३०९ जना सक्रिय संक्रमित छन्। अछाममा १५९, डोटीमा १५३, कञ्चनपुरमा ५२, डडेल्धुरामा १७, बझाङमा १४, बैतडीमा नौ, बाजुरामा आठ, दार्चुलामा तीन जना सक्रिय संक्रमित छन्।

प्रदेशमा हालसम्म ४ हजार ७७५ जना संक्रमणमुक्त भएका छन्।

संक्रमण पुष्टि भएका र लक्षण देखिएका ९९ जनाको प्रदेशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

टीकापुर अस्पतालमा ३२, महाकाली अस्पतालमा ३१, सेती प्रादेशिक अस्पतालमा २२, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई दुई जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

अन्य भने स्थानीय तहले निर्माण गरेका आइसोलेसन र घरमै छन्। प्रदेशमा हालसम्म ५ हजार ५१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Aug 27, 2020| 14:35 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।