शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनकाे पुरानाे मेडिकल कलेज र राेटरी क्लबबीच छुटसम्बन्धी सम्झाैता

चितवनकाे पुरानाे मेडिकल कलेज र राेटरी क्लबबीच छुटसम्बन्धी सम्झाैता

 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

चितवन- पुरानो मेडिकल कलेज चितवन र रोटरी क्लब अफ चितवनबीच एक स्मरण पत्रमा हस्ताक्षर भएकाे छ । यसअनुसार रोटा वर्ष २०/२१ मा मेडिकल कलेज र क्लबको संयुक्त आयोजनामा वर्षमा तीन वटा डेण्टल क्याम्प हुनेछ भने कम्तीमा पनि एउटा मेगा हेल्थ क्याम्प आयोजना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ ।

साथै उक्त क्याम्पबाट आएकालाई कलेजले अधिकमा ५५% न्यूनतम १५% सम्म छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको छ। यस वर्ष उक्त सम्झौताले आर्थिक विपन्न समूहलाई टेवा पुग्ने रोटरी क्लब अफ चितवनका दन्त तथा मुख स्वास्थ्य समिति प्रमुख रो. राजन पियाले जानकारी दिए । निजी क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब रोटरी क्लबद्वारा आयोजित क्याम्पमा आउने सबैले अस्पताल तर्फका सेवामा छुट पाउने छन् ।

पत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा. मनोहर प्रधान र प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवनका तर्फबाट अध्यक्ष रो. रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य विभाग प्रमुख रो. राजन पियाले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा पूर्वअध्यक्ष रो. चन्द्रमनि श्रेष्ठ, रो. सरद गोपाल न्यान्छ्याेँ, रो. उत्तमलाल चुके, रो. मनोज बर्नवला, रोट्रयाक तर्फबाट अध्यक्ष रो.  रोशन खरेल, उपाध्यक्ष रो. प्रभास रोय, सदस्य डा. विकास साहलगायतकाकाे उपस्थिति रहेकाे थियो । रोटरी क्लब चितवनमा एक कार्यक्रमकाबीच उक्त पत्र सार्वजनिक गरिएकाे थियाे ।

कार्यक्रममा अध्यक्ष रो. रोशन पियाले गत वर्ष जस्तै यस वर्ष पनि धेरै समुदायले पुरानो मेडिकल कलेजबाट सहुलियतपूर्ण उपचार सेवा लिने विश्वास व्यक्त गरे । देशकै ठूलो आई सी यू तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध यस अस्पतालमा पहिलादेखि नै स्वास्थ बीमा, कडा रोग, डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु रहेकाे छ ।

क्याम्पबाट रिफरेन्स वार्ड लिएर आउनेहरूलाई अस्पतालबाट सहुलियतसहितको गुणस्तरीय सेवा दिइने अस्पतालका निर्देशक डा. मनोहर प्रधानले बताए । सेवाग्राहीलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै सम्पर्क व्यक्ति व्यवस्था गरिने र निःशुल्क स्वास्थ्य शिविरले राम्रो टेवा पुर्‍याउने अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रकाशित: Aug 27, 2020| 13:37 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।