सुर्खेत– कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का ७० वर्षीय महिलाको साढे बजेतिर मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
मृतकको निमोनियाका कारण फोक्सोमा असर परेको थियो। छातीमा समस्या देखिएपछि परिवारले उनलाई भदौ ३ गते अस्पताल भर्ना गरेका थिए।
कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि अस्पालले भदौ ३ गते स्वाब संकलन गरेको थियो। उलनाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना छ।