शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमणबाट बुटवलमा थप एकको मृत्यु

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

भैरहवा– बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिला छिन्।

उनलाई साउन ३१ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। २६ गते कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिइन्।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि चार दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनको उपचारका क्रममा निधन भएको गौतमले बताए।

कोरोना संक्रणबाट सोही अस्पतालमा उपचाररत कपिलवस्तु तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको थियो।

प्रकाशित: Aug 27, 2020| 11:43 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।