शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीमा तीन सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण

गण्डकीमा तीन सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा तीन सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा तीन सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

योसँगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ९७७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बाग्लुङमा नेपाल प्रहरीमा कार्यरत एक जना र लमजुङको बेसीसहरमा कार्यरत नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण भएको हो।

आज संक्रमित थपिएकामा पर्वतका एक, बाग्लुङका आठ, लमजुङका चार, तनहुँका नौ र नवलपरासी पूर्वका तीन जना छन्।

प्रदेशमा निको हुनेको संख्या एक हजार ६६५ पुगेको छ। यो प्रदेशमा कुल संक्रमितको ८४.२१ प्रतिशत हो।

पोखरामा बुधबार ३२ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

पोखरा महानगरपालिका ११ की ती महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए।

प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ।

 

प्रकाशित: Aug 27, 2020| 11:30 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।