शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ४ जनाको मृत्यु

महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ४ जनाको मृत्यु

कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण दुई सातायता ४ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण दुई सातायता ४ जनाको मृत्यु भएको छ।

महाकाली नगरपालिका क्षेत्रका विभिन्न वडाहरुमा उच्च ज्वरोका बिरामी देखिएका छन्।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारा–चाँदनीका प्रमुख डा. गगन चौधरीले उच्च ज्वरोका कारण चार जनाको मृत्यु भएको जानकारी दिए।

‘दुई सातादेखि उच्च ज्वरोका बिरामी धेरै देखिएका छन्,’ उनले भने, ‘अहिलेसम्म उच्च ज्वरो र शरीरमा सेतो रक्तकोषको मात्रा अत्यधिक देखिएको छ।’ बिरामीहरुमा १०४ डिग्री फरेनहाइट भन्दा धेरै ज्वरो देखिएको छ।

उनले परीक्षण नगरेर मृत्यु के कारणले भयो भन्ने अहिले नै भन्न नसकिने बताए। स्वास्थ्यकर्मीहरुले म्यानेन्जाइटिस वा इन्सेफ्लाइटिसको आशंका गरेका छन्।

प्राथमिक स्वास्थ्य केन्द्रले नमुना संकलन गरेर परीक्षणका लागि पठाएको छ। उनीहरुमा कोरोना भाइरससँग मिल्दो अन्य कुनै लक्षण भने नदेखिएको स्वास्थ्य केन्द्रले जनाएको छ।

अहिले दैनिक आउने बिरामी मध्ये ५० प्रतिशत बिरामी उच्च ज्वरोकै समस्या भएका रहेको डाक्टर चौधरीले बताए। उनका अनुसार बुधवार मात्रै एकजना बिरामीलाई कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल रिफर गरिएकोे छ। तीनजना उच्च ज्वरोका बिरामीहरुलाई स्वास्थ्य केन्द्रमै भर्ना गरिएको छ।

प्रकाशित: Aug 27, 2020| 10:22 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।