शुक्रबार, भदौ १२, २०८३

पोखरामा ३२ वर्षीया कोरोना संक्रमितको मृत्यु

पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमित १ महिलाको मृत्यु भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

पोखरा- पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमित १ महिलाको मृत्यु भएको छ।

पोखरा ११ निवासी ३२ वर्षीया महिलाको आज बिहान ८ बजे ज्यान गएको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्।

ती महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रको आइसियुमा उपचार भइरहेको थियो। प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गुमाउने उनी पाँचौं हुन्।

उनीसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

प्रकाशित: Aug 27, 2020| 09:42 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।