शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा २३ वर्षीया गर्भवतीसहित थप २ जना कोरोना संक्रमितको मृत्यु

पर्सामा २३ वर्षीया गर्भवतीसहित थप २ जना कोरोना संक्रमितको मृत्यु

पर्साकाे नारायणी अस्पतालमा बाराको हर्दियाकी २३ वर्षीया गर्भवती महिला र पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

वीरगन्ज- पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

पर्साकाे नारायणी अस्पतालमा बाराको हर्दियाकी २३ वर्षीया गर्भवती महिला र पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

३३ हप्ताको गर्भवती रहेकी महिलाको आज (बिहीबार) बिहान नारायणी अस्पताल पर्सामा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

उनका अनुसार गर्भवती उनेको हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको भने हिजो (बुधबार) साँझ नारायणी अस्पतालमा मृत्यु भएको हो । 

अस्पतालका प्रवक्ता डाक्टर चौरासियाका अनुसार उनी भदौ ८ गते अस्पताल भर्ना भएका थिए ।

प्रकाशित: Aug 27, 2020| 09:22 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।