शुक्रबार, भदौ १२, २०८३

बुटवलमा १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि

ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएका १३ जना थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएको रुपन्देहि प्रहरी प्रवक्ता डिएसपि खड्क बहादुर खत्रिले जानकारी दिए ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

भैरहवा- प्रहरी हिरासतमा रहेका थुनुवामा कोरोना देखिएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएका १३ जना थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएको रुपन्देहि प्रहरी प्रवक्ता डिएसपि खड्क बहादुर खत्रिले जानकारी दिए ।

उक्त थुनुवा कक्षमा २७ जना अभियुक्त थिए । डिएसपि खत्रिले भने, 'हिरासतमा २७ जना अभियुक्त थिए । सबैको पिसिआर चेकजाच गर्दा १३ जनामा पोजिटिभ देखिएको छ ।'

यसअघि इलाका प्रहरी कार्यालयमा रहेर मुख्यमन्त्री शङ्कर पोखरेलको एस्कोर्टिङमा खटिएका तीन जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

लगत्तै इलाका प्रहरी कार्यालयका अन्य प्रहरी र हिरासतमा रहेकाको समेत स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो ।

ईप्रकाका अन्य प्रहरी कर्मचारिको भने कोरोना चेकजाच गरिएको छैन ।

प्रकाशित: Aug 27, 2020| 07:37 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।