शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ५ महिनाका बालकसहित चितवनमा थप ५२ जनामा कोरोना पुष्टि

५ महिनाका बालकसहित चितवनमा थप ५२ जनामा कोरोना पुष्टि

५ महिनाका बालकसहित चितवनमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

चितवन- ५ महिनाका बालकसहित चितवनमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ र चितवन मेडिकल कलेजको प्रयोगशाला गरिएको परिक्षणमा २६ जनामा कोरोना पुष्टि भएका हो ।

कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २५ र तनहुँका एक जनामा संक्रमण पुष्टि छ।

यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा चितवनको रत्ननगर नगरपालिका भित्रका १४ जना, माडी नगरपालिकाका ९ जना, भरतपुरका २ जना र तनहुँका एक जनामा कोरोना पोजेटिभ देखिएको छ।

माडी नगरपालिमामा भने लामो समयपछि संक्रमित भेटिएका छन् । जहाँ ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको छ । वडा नम्बर ६ र ७ का ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । उनीहरू सबै क्वारेन्टिनमा छन्।

प्रकाशित: Aug 27, 2020| 07:07 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।