शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश अस्पतालका ६ जना डाक्टरमा कोरोना संक्रमण, ओपीडी सेवा बन्द

प्रदेश अस्पतालका ६ जना डाक्टरमा कोरोना संक्रमण, ओपीडी सेवा बन्द

प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ६ जना डाक्टरमा कोरोना संक्रमण भएको छ ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

सुर्खेत– प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ६ जना डाक्टरमा कोरोना संक्रमण भएको छ ।

एकै पटक ६ जना डाक्टर र एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आज (बिहीबार) देखि अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेको छ ।

सेवाग्राहीलाई कोरोना संक्रमण हुन केही दिनलाई आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरिएको अस्पताल निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पतालमा कार्यरत पाँचजना डाक्टरमा बुधबार र मंगलबार एक जनामा कोरोना पुष्टि भएको थियोे । संक्रमित डाक्टरमध्ये दुईजना कन्सल्ट्यान्ट डाक्टर र चार जना मेडिकल अधिकृत हुन् ।

प्रदेश अस्पताललाई कर्णाली प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाएको छ । अस्पतालमा यसअघि पनि तीनजना डाक्टरमा कोरोना देखिएको थियो । उनीहरु संक्रमणमुक्त भएर ड्युटीमा फर्किसकेका छन् ।

प्रकाशित: Aug 27, 2020| 06:31 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।