शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमणमुक्त डोल्पामा एक हप्ता लकडाउन

डोल्पामा बुधबार राति १२ बजेदेखि एक हप्ता लकडाउन गरिएको छ ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

सुर्खेत– डोल्पामा बुधबार राति १२ बजेदेखि एक हप्ता लकडाउन गरिएको छ ।

छिमेकी जिल्ला जाजरकोट र रुकुम पश्चिममा कोरोना संक्रमण बढेकोले जिल्लामा कोरोना भित्र्न नदिन लकडाउन गरिएको हो ।

गाउँ फर्कने नागरिक नरोकिएको भन्दै तत्काल एक हप्ता लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । लकडाउन अवधिभर कुनै पनि नागरिकलाई जिल्ला प्रवेश गर्न नदिन सीमा प्रहरीलाई निर्देशन दिइएको छ ।

बुधबार बसेको जिल्ला विपत व्यबस्थापन समितिको बैठकले कोरोना भित्रन नदिन लकडाउन गर्ने निर्णय गरेको थियो ।

लकडाउनमा दैनिक उपभोग्य वस्तुु र अत्यावश्यक काममा भने सुरक्षा सतर्कता अपनाएर आउजाउ गर्न पाइने छ । डोल्पामा हाल एक जना पनि कोरोना संक्रमित छैनन् ।

प्रकाशित: Aug 27, 2020| 06:02 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।