शुक्रबार, भदौ १२, २०८३

सैनामैना नगरपालिका सिल

रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ स्थित लौसामा एकै घरका चारसहित २३ जनामा कोरोना संक्रमण देखिएपछि सैनामैना नगरपालिकाको सीमा आजदेखि बन्द गरिएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

बुटवल- रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ स्थित लौसामा एकै घरका चारसहित २३ जनामा कोरोना संक्रमण देखिएपछि सैनामैना नगरपालिकाको सीमा आजदेखि बन्द गरिएको छ।

सीमा क्षेत्रका विभिन्न वडाको विपद् व्यवस्थापन समितिको बैठकपछि सूचना जारी गर्दै रेष्टुरेण्ट, होटेल, खेल गतिविधि, ठेला, झोलापोका ब्यापारी र आवतजावत गर्न रोक लगाइएको छ।

वडा नं ११ का वडाध्यक्ष सनिल मरासिनीले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै कार्य बन्द गरी सहयोग गर्न आग्रह गरेका छन्। वडा नं ११ को दक्षिण सीमामा पर्ने कञ्चन गाउँपालिका र पश्चिममा कपिलवस्तुमा समुदाय स्तरमा कोरोना संक्रमण भएकोले सो वडाको गाउँ र टोल जोखिममा रहेका छन्।

नगरपालिकाको वडा नं ८ को विपद् व्यवस्थापन समितिको बैठकले छिमेकी स्थानीय तहमा कोरोना भाइरसको संक्रमण देखिएकोले कञ्चन गाउँपालिकाको सीमामा पर्ने शान्तिनगर टोलमा रहेका सबैलाई होम क्वारेन्टिनमा बस्न निर्देशन गरेको छ।

सो वडाका वडाध्यक्ष रामशरण न्यौपानेले आज सूचना जारी गरी बाँसगढी टोल संस्थामा रहेको बासगढी बजार क्षेत्रलाई बन्द गरिएको बताएका छन्। नगरपालिकाको वडा नं ९को वडास्तरीय विपद् व्यवस्थापन समितिले कञ्चन गाउँपालिका वडा नं १ स्थित लौसामा कोरोना संक्रमण देखिएकाले छिमेकी गाउँपालिकाबाट आवजावत गर्न रोक लगाएको छ।

वडा नं ९ का वडाध्यक्ष डोलराज भण्डारीले आज (बुधबार) सूचना जारी गर्दै होटेल, खाजा घर, मासुजन्य पसल पसल पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ।

नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष डिलाराम बेल्वासेले आज सूचना जारी गर्दै संक्रमित क्षेत्र हुँदै आवतजावत गर्न रोक लगाइएको बताए। भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालकमा समेत कोरोना पुष्टि भएपछि सैनामैनामा पनि त्रास वढेको छ। रासस

प्रकाशित: Aug 26, 2020| 20:20 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।