शुक्रबार, भदौ १२, २०८३

सभामुखले भेटे लिदी पहिरोबाट विस्थापित परिवार

सभामुख अग्निप्रसाद सापकोटाले लिदी पहिरोबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षाको सबै व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

चौतारा– सभामुख अग्निप्रसाद सापकोटाले लिदी पहिरोबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षाको सबै व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

साउन ३० गते सिन्धुपाल्चोक जुगल गाँउपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भईसेलाङको बाँसखर्कमा अस्थायी रुपमा बस्दै आएका पीडित परिवारसँग बुधबार भेटघाट गर्दे सापकोटाले विस्थापित १७२ घर परिवारलाई स्थायी व्यवस्थाको लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विस्थापित परिवारका लागि कुनै अभाव हुन नदिने दृढता व्यक्त गर्नुभयो।

पहिरो पीडित परिवारका लागि आवश्यक टेन्ट लगायत राहतको व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

सभामुख सापकोटाका साथ वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रमुख मधुसुदन अधिकारी, राजनीतिक दलका नेताकार्यकर्तासमेत गएकाे सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

पहिरोमा हराइरहेका ३९ मध्ये हालसम्म ३३ वटा शव फेला परेको छ। अन्य ६ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।रासस

प्रकाशित: Aug 26, 2020| 18:50 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।