शुक्रबार, भदौ १२, २०८३

प्रदेश–२ मा २४६ संक्रमित थपिए

प्रदेश–२ मा पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

जनकपुरधाम– प्रदेश–२ मा पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ४२७ पुगेको छ। 

बुधबार १८६ पुरुष र ६० महिलामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए।

बुधबार सबैभन्दा बढी संक्रमित सर्लाहीमा थपिएका छन्। सर्लाहीमा ७१ जना, पर्सामा ५४, बारामा ५३, धनुषामा ३३, महोत्तरीमा २०, रौतहटमा १३ र सिरहामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

५ महिलासहित १२८ जना निको भई घर फर्केका छन्। यससँगै निको हुनेको संख्या ४ हजार ४३९ पुगेको छ।

प्रदेशमा हालसम्म ६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। हाल प्रदेश २ मा ४ हजार ९२४ जना सक्रिय संक्रमित छन्।

 

प्रकाशित: Aug 26, 2020| 18:33 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।