शुक्रबार, भदौ १२, २०८३

पुससम्ममा कोरोनाविरुद्धको खोप आउने अनुमान

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२० को अन्तिमतिर अर्थात् पुस महिनासम्ममा कोभिड–१९ विरुद्धको खोप आउने अनुमान गरेको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२० को अन्तिमतिर अर्थात् पुस महिनासम्ममा कोभिड–१९ विरुद्धको खोप आउने अनुमान गरेको छ।

डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डिलियरले २०२० को अन्तिमसम्ममा बजारमा २ अर्ब डोज खोप उत्पादन हुने अनुमान रहेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमलाई अन्तर्वार्ता दिँदै डा. भ्यान्डिलियरले उक्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मीलाई दिइने पनि जानकारी दिए। विभिन्न देशहरुले खोपको विकास गरिरहेको भन्दै उनले धेरैजसो खोप अन्तिम चरणमा रहेको बताए।

खोपको बारेमा धेरै विकास भएको छ उनले भने, ‘तर खोप निर्माण भइसकेको भन्ने बजारमा जति हल्ला भएको छ त्यो हल्लाअनुसार पुगेका छैनौँ। रुसको खोपको बारेमा अहिल्यै केही भन्न सक्ने अवस्था छैन। ’

बजारमा खोप आएपछि पहिलो चरणमा स्वास्थ्यकर्मीलाई दिने, दोस्रो चरणमा वृद्धवृद्धा तथा दीर्घ रोगीहरुलाई र त्यसपछि आम मानिसहरुलाई दिइने पनि उनले बताए।

खोप बनेपछि धनी तथा गरिब सबै देशमा समान रुपमा पुर्‍उने गृहकार्य भइरहेको पनि उनले जानकारी दिए।

भ्यान्डिलियरले नेपालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अवस्था चिन्ताजनक रहेको बताएका छन्। आपतकालीन समयमा चिकित्सकमाथि भएका दुर्व्यवहारले चुनौती थपिएको उनले बताए।

नेपालमा पर्याप्त डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी छैनन् भन्ने गुनासो सुनिएको भन्दै भ्यान्डिलियरले यो समयमा पर्याप्त चिकित्सकहरु तयार अवस्थामा राख्नुपर्ने बताए।

कोरोना भाइरस कहिलेसम्म रहन्छ भन्न सकिने अवस्था नभएकाले भाइरससँगै बाँच्न सिक्नुपर्ने उनले बताएका छन्। जनस्वास्थ्यका मापदण्ड अपनाउनु नै भाइरसबाट जोगिने सबैभन्दा उत्तम उपाय भएको उनी बताउँछन्।

प्रकाशित: Aug 26, 2020| 18:10 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।