काठमाडौं- क्यानडा पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलासहित तीन जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
मोरङ शनिश्चरे घर भई हाल काठमाडौंको कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाइदिने भन्दै २१ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगरका २९ वर्षीय ध्रुब थापा, सोही ठाउँ बस्ने २४ वर्षीया सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ छन्।
तीनै जनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।