शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउनू : स्वास्थ्य मन्त्रालय

संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउनू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउन निर्देशन दिएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउन निर्देशन दिएको छ।

संक्रमित भएर अस्पताल भर्ना भएकाे १० दिनमा गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि १४ दिनमा परीक्षण नगरी घर पठाउन मन्त्रालयले निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोभिड–१९ को बिरामी व्यवस्थापनको सम्बन्धमा सम्पूर्ण कोभिड अस्पतालहरु र सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै सो कुरा अवगत गराएको हो।

साउन २९ गतेको पत्रअनुसार १० दिनमा पोजेटिभ आएको भए पनि १४ दिनमा भने पीसीआर परीक्षण नगरेरै पठाउनुपर्ने जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आपतकालीन केन्द्रले १४ दिन भन्दा बढी राखेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोधभर्ना नगर्ने भनि पत्राचार गरेको छ।

प्रकाशित: Aug 26, 2020| 17:15 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।