शुक्रबार, भदौ १२, २०८३

३० जिल्लामा थपिएनन् संक्रमित

पछिल्लो २४ घण्टामा ३० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएनन्।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ३० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, धनकुटा, ओखलढुङ्गा, साेलुखुम्बु र इलाममा आज संक्रमित थपिएका छैनन् भने संखुवासभा, ताप्लेजुङ र उदयपुरमा पनि संक्रमित थपिएनन्।

संक्रमित नथपिएका अन्य जिल्लामा सिन्धुली, नुवाकोट र रसुवा छन्।

बाग्लुङ, मनाङ, मुस्ताङ र म्याग्दीमा पनि संक्रमित थपिएनन् भने पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पामा पनि संक्रमित थपिएका छैनन्।

पछिल्लो २४ घण्टामा पूर्वी रुकुम, पश्चिम रुकुम, डोल्पा, हुम्ला, जुम्ला र कालिकोटमा पनि संक्रमित थपिएका छैनन्। मुगु, बझाङ, बाजुरा, बैतडीमा पनि संक्रमित नथपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

४७ जिल्लामा थपिए संक्रमित

पछिल्लो २४ घण्टामा मुलुकका ४७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

सबैभन्दा बढी राजधानीका काठमाडौंमा २३० जनामा संक्रमण भएको छ भने त्यसपछि सर्लाहीमा १२० जना संक्रमित थपिएका छन्। यस्तै सुनसरीमा ५५, लजमुङमा २३, रुपन्देहीमा १९ र कैलालीमा २९ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १६, खोटाङमा एक र मोरङमा १३ जनामा संक्रमण भएको छ। पाँचथरमा चार जना संक्रमित थपिएका छन्। यस्तै तेह्रथुमा आठ जना संक्रमित थपिएका छन्।

सप्तरीमा एक, सिरहामा तीन, धनुषामा ४३ र महोत्तरीमा थप १८ जनामा संक्रमण भएको छ। बारामा २४, पर्सामा एक र रौतहटमा २० जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

रामेछापमा एक, दोलखामा दुई, भक्तपुरमा २४, धादिङमा दुई जना संक्रमित थपिएका छन् भने काभ्रेमा २१ र ललितपुरमा ४७ जनामा संक्रमण पुष्टि भएको छ।

सिन्धुपाल्चोकमा एक, चितवनमा ४२ र मकवानपुरमा १८ जना संक्रमित थपिएका छन्।

गोरखामा एक, कास्कीमा चार, लमजङमा २३ र पूर्वी नवलपरासीमा सात जनामा कोरोना संक्रमण भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा कपिलवस्तुमा चार, परासीमा दुई, रुपन्देहीमा १९ जना संक्रमित थपिएका छन्।

संक्रमित थपिएका अन्य जिल्लामा अर्घाखाँची एक, दाङ १६, प्यूठान २२ र रोल्पा एक जना छन्। बाँकेमा चार जना संक्रमित थपिएका छन् भने बर्दियामा आज एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै सल्यानमा एक, सुर्खेतमा सात तथा दैलेख र जाजरकोटामा एक एक जनामा संक्रमण भएको छ। कैलालीमा १९ जनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

अछाममा २०, डोटी, कञ्चनपुर र डडेल्धुरामा दुई दुई जनामा संक्रमण भएको छ।

प्रकाशित: Aug 26, 2020| 16:54 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।