सोमबार, असार २९, २०८३

कुटपिबाट घाइते चन्द्रकलालाई एथ्लेटिक्स संघको २१ हजार सहयोग

कुटपिटबाट घाइते भएकी एथ्लेटिक्स खेलाडी चन्द्रकला लामगादेलाई नेपाल एथ्लेटिक्स संघले २१ हरार सहयोग गर्ने भएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं- कुटपिटबाट घाइते भएकी एथ्लेटिक्स खेलाडी चन्द्रकला लामगादेलाई नेपाल एथ्लेटिक्स संघले २१ हजार रूपैयाँ सहयोग गर्ने भएको छ।

आज(बुधबार) एक सूचना सार्वजनिक गर्दै संघका अध्यक्ष राजिव विक्रम शाहले उनलाई सहयोग गर्ने बताएका हुन्।

संघले जारी गरेको सूचनामा भनिएको छ, ‘कुटपिटबाट घाइते लामगादेसहित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै चन्द्रकलाको स्वास्थ्योपचारका लागि नेपाल एथलेटिक्स संघको तर्फबाट २१ हजार सहयोग उपलब्ध गराउने पनि घोषणा गर्दछु।’

संघले जातिय विभेद खेदपूर्ण रहेको भन्दै दोषीउपर कारबाहीको मागसमेत गरेको छ। ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी लामगादेमाथि भएको यस घटनाको नेपाल एथलेटिक्स संघ घोर भर्त्सना गर्दछ।

२१ औँ शताब्दीमा हुने यस्ता घटनामा संलग्न जो कोहीलाई कडाभन्दा कडा सजाय होस भन्ने माग पनि गर्दछु,’ संघले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित: Aug 26, 2020| 16:46 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।