काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ४७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। ३० जिल्लामा भने आज कोरोना भाइरस संक्रमित थपिएनन्।
देशभरमा गरी आज थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये २९९ जना महिला र ५८६ पुरुष छन्।
सबैभन्दा बढी राजधानीका काठमाडौंमा २३० जनामा संक्रमण भएको छ भने त्यसपछि सर्लाहीमा १२० जना संक्रमित थपिएका छन्। यस्तै सुनसरीमा ५५, लजमुङमा २३, रुपन्देहीमा १९ र कैलालीमा २९ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १६, खोटाङमा एक र मोरङमा १३ जनामा संक्रमण भएको छ। पाँचथरमा चार जना संक्रमित थपिएका छन्। यस्तै तेह्रथुमा आठ जना संक्रमित थपिएका छन्।
सप्तरीमा एक, सिरहामा तीन, धनुषामा ४३ र महोत्तरीमा थप १८ जनामा संक्रमण भएको छ। बारामा २४, पर्सामा एक र रौतहटमा २० जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
रामेछापमा एक, दोलखामा दुई, भक्तपुरमा २४, धादिङमा दुई जना संक्रमित थपिएका छन् भने काभ्रेमा २१ र ललितपुरमा ४७ जनामा संक्रमण पुष्टि भएको छ।
सिन्धुपाल्चोकमा एक, चितवनमा ४२ र मकवानपुरमा १८ जना संक्रमित थपिएका छन्।
गोरखामा एक, कास्कीमा चार, लमजङमा २३ र पूर्वी नवलपरासीमा सात जनामा कोरोना संक्रमण भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा कपिलवस्तुमा चार, परासीमा दुई, रुपन्देहीमा १९ जना संक्रमित थपिएका छन्।
संक्रमित थपिएका अन्य जिल्लामा अर्घाखाँची एक, दाङ १६, प्यूठान २२ र रोल्पा एक जना छन्।
बाँकेमा चार जना संक्रमित थपिएका छन् भने बर्दियामा आज एक जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै सल्यानमा एक, सुर्खेतमा सात तथा दैलेख र जाजरकोटामा एक एक जनामा संक्रमण भएको छ। कैलालीमा १९ जनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
अछाममा २०, डोटी, कञ्चनपुर र डडेल्धुरामा दुई दुई जनामा संक्रमण भएको छ।