शुक्रबार, भदौ १२, २०८३

ट्र्याक्टर दुर्घटनामा १ को मृत्य, ५ घाइते

दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

दार्चुला- दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मार्मा गाउँपालिका- ६ का ४० वर्षीय गणेश धामी छन्।

मार्मा गाउँपालिकाका- २ सेलभिसाबाट सामान बोकेर अपी हिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको से ४ क ४०४७ नम्बरको ट्र्याक्टर रातापानी भन्ने ठाउँमा दुर्घटना भएको हो।

ईलाका प्रहरी कार्यालय लटिनाथका ईन्चार्ज एवम् प्रहरी निरीक्षक कमलबहादुर विष्टले दुर्घटनामा परी अन्य पाँच जना घाइते भएको जानकारी दिए।

घाइते हुनेमा मार्मा- १ का १६ वर्षीय विकास नेपाली, सोही ठाउँका ५३ वर्षीय रामसिह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का वीर सिंह लोथ्याल छन्।

घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। ट्र्याक्टर चालक कमल लामालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 26, 2020| 16:40 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।