शुक्रबार, भदौ १२, २०८३

उपत्यकामा ४ हजार कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या ४ हजार पुगेको हो।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार पुगेको छ।

पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या ४ हजार पुगेको हो।

यीमध्ये काठमाडौंका ३ हजार ९६, ललितपुरका ५२३ जना र भक्तपुरका ३०२ जना छन्।

उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जनामा संक्रमण पुष्टि भएको छ।

केही दिनयता काठमाडौंमा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन्। हिजो मंगलबार काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ भक्तपुरका जनामा संक्रमण पुष्टि भएको थियो।

त्ययसैगरी अस्ति सोमबार काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ गरी २२४ जनामा संक्रमण पुष्टि भएको थियो।

आइतबार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको थियो।

शनिबार काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: Aug 26, 2020| 16:37 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।