शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुस्ताङ र हुम्ला संक्रमणमुक्त, ७ जिल्लामा ५०० बढी संक्रमित

मुस्ताङ र हुम्ला संक्रमणमुक्त, ७ जिल्लामा ५०० बढी संक्रमित

मुस्ताङ र हुम्लामा सक्रिय कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– मुस्ताङ र हुम्लामा सक्रिय कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात जिल्लामा भने ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार काठमाडौं, रौतहट, महोत्तरी, सर्लाही, मोरङ, पर्सा र बारामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।

सक्रिय संक्रमित धेरै भएको जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएका छन्।

सरकारले कोरोनाको जोखिम कम गर्न सर्वसाधारणलाई घर बाहिर नहिँड्न आग्रह गरेको छ।

त्यस्तै बाहिर निस्कनुपर्ने काम भए अनिवार्य मास्क लगाउन, साबुन पानीले हात धुन र व्यक्तिगत दूरी कम्तिमा दुई मिटर कायम गर्न आह्वान गरेको छ।

 

प्रकाशित: Aug 26, 2020| 16:33 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।