काठमाडौं– पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।
केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
हिजो मंगलबार ७ जना, अस्ति सोमबार ८ जना, आइतबार ३ जना र शनिबार ९ जना संक्रमितको मृत्यु भएको थियो।
नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।