शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १४ जना संक्रमित भेन्टिलेटरमा, डेढ सयभन्दा बढी आईसीयूमा

१४ जना संक्रमित भेन्टिलेटरमा, डेढ सयभन्दा बढी आईसीयूमा

देशभर १४ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– देशभर १४ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यीमध्ये १३ जना बागमती प्रदेशमा छन् भने एक जना प्रदेश १ मा। 

त्यस्तै, देशभरका अस्पतालमा १५१ जना कोरोना संक्रमित आईसीयूमा छन्।

पछिल्लो २४ घण्टामा देशभर ८८५ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुने व्यक्तिको संख्या ३८५ छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।

 

प्रकाशित: Aug 26, 2020| 16:28 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।