विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ८ संक्रमित थपिएका छन्।
मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा आठ, पाँचथरमा चार, उदयपुर र खोटाङमा एक–एक र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
विराटनगरमा बुधबार ४३ जनामा संक्रमण देखिएकोे छ। संक्रमितमा १३ महिला र ३० पुरुष छन्। मोरङको बूढीगंगामा तीन महिला, एक पुरुष, सुन्दरहरैँचामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
सुनसरीको इटहरीमा पाँच महिला नौ पुरुष, इनरुवामा एक महिला तीन पुरुष, बर्जुमा एक महिला दुई पुरुष, दुहवीमा दुई पुरुष, धरानमा एक महिला, झापाको दमकमा ६ महिला नौ पुरुष र गौरीगन्जकी एक महिला संक्रमित भएका छन्।
तेह्रथुमको म्याङलुङमा चार महिला, चार पुरुष, पाँचथरको फिदिममा चार पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका एक महिला र एक पुरुष र प्रदेश १ बाहिरका एक महिला र पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार ९४० पुगेको छ।
प्रदेश १ मा बुधबार ८१ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार ३८५ पुगेको छ। प्रदेश १ मा बुधबार एक हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३६ महिला ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
मन्त्रालयका अनुसार हाल सम्म ८२ हजार १०२ पुगेको छ।