काठमाडौं– काठमाडौं उपत्यकामा आज बुधबार ३०२ जना कोरोना संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जनामा संक्रमण पुष्टि भएको हो।
केही दिनयता काठमाडौंमा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन्। हिजो मंगलबार काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ भक्तपुरका जनामा संक्रमण पुष्टि भएको थियो।
त्ययसैगरी अस्ति सोमबार काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ गरी २२४ जनामा संक्रमण पुष्टि भएको थियो।
आइतबार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको थियो। शनिबार काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ८८५ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुने व्यक्तिको संख्या ३८५ छ।