शुक्रबार, भदौ १२, २०८३

आज ८८५ जना संक्रमित थप, ३८५ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ८८५ जनामा कोरोना पुष्टि भएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८८५ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।

आज १३ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुने व्यक्तिको संख्या ३८५ छ।

देशभर १४ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यीमध्ये १३ जना बागमती प्रदेशमा छन् भने एक जना प्रदेश १ मा। 

त्यस्तै, देशभरका अस्पतालमा १५१ जना कोरोना संक्रमित आईसीयूमा छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।

कोरोन संक्रमणबाट हिजो मंगलबार ७ जना, अस्ति सोमबार ८ जना, आइतबार ३ जना र शनिबार ९ जनाको मृत्यु भएको थियो।

नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित: Aug 26, 2020| 16:22 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।