आइतबार, मंसिर २८, २०८२

चौरजहारी पीसीआर प्रयोगशाला आर्थिक संकटमा

रुकुम पश्चिमको चौरजहारी पीसीआर प्रयोगशाला चरम आर्थिक संकटमा परेको छ।
 |  बुधबार, भदौ १०, २०७७

देव राना

देव राना

बुधबार, भदौ १०, २०७७

सुर्खेत– रुकुम पश्चिमको चौरजहारी पीसीआर प्रयोगशाला चरम आर्थिक संकटमा परेको छ।

National life

कोरोना परीक्षणका लागि असार १८ गतेदेखि चौरजहारी नगरपालिकाले सञ्चालनमा आएको प्रयोगशाला तीन महिना नबित्दै आर्थिक संकटमा परेको हो।

आर्थिक संकट परेपछि नगरबाहिरका नागरिकलाई पीसीआर परीक्षण शुल्क लिएर गर्ने तयारी गरिएको छ।

आर्थिक अभावका कारण पीसीआर र एक्सट्रयाक्सन किट खरिद गर्न नसकिएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशाला सञ्चालनमा केन्द्र र प्रदेश सरकारबाट सहयोग नभएको भन्दै कि नगरभन्दा बाहिरको परीक्षण बन्द गर्नुपर्ने कि त शुल्क लिएपछि परीक्षण गर्ने तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए।

Laxmi sunrise bank
kumari

‘प्रयोगशाला सञ्चालन गर्नु भनेको घरमा हात्ती पालेजस्तो भयो’, केसीले भने, ‘दैनिक दुईतीन लाख खर्च गरेर नगरपालिका प्रयोगशाला सञ्चालन गर्न सक्दैन। अब नगरबाहिरकाले कि शुल्क तिर्छन् कि त शुल्क लिएरमात्रै परीक्षण गर्छन्।’

चौरजहारी प्रयोगशालाले हालसम्म रुकुमपश्चिम, सल्यान र जाजरकोटका तीन हजार ६ सय ६३ जनाको परीक्षण गरिसकेको छ।

प्रयोगशालामा हालसम्म दुई करोड बढी रकम खर्च भएको नगरपालिकाले जनाएको छ। जसमध्ये कर्णाली प्रदेश सरकारले प्रयोगशाला स्थापनाका लागि ६ लाख २२ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो।

ल्याब स्थापना, जेनेरेटर, किट खरिद, कर्मचारीको तलबलगायतका दुई करोड बढी खर्च भएको केसीले जानकारी दिए।

नगरपालिकाले प्रयोगशाला सञ्चालनका लागि भन्दै एक जना ल्याब असिस्टेन, कार्यालय सहयोगी र भान्से कर्मचारी नियुक्त गरेको छ।

आर्थिक अभावकै कारण ल्याब सञ्चालनका लागि थप जनशक्ति व्यवस्थापनमा गर्न नसकेको नगरपालिकाको भनाइ छ।

प्रयोगशालामा हाल चार जना कर्मचारी कार्यरत छन्। जसमध्ये सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकाका एकएक जना र चौरजहारी नगरपालिकाका दुई जना कर्मचारी छन्।

आवश्यक कर्मचारी नहुँदा मेसिनको क्षमताअनुसार परीक्षणको गर्न नसकिएको स्वास्थ्य सहसंयोजक डण्डप्रसाद शर्माले जानकारी दिए।

आवश्यक किट र थोरै जनशक्ति हुँदा ६ सय ६३ वटा स्वाबहरु स्टकमा छन्। प्रयोगशालामा स्वावहरु थन्किन थालेपछि मंगलबार जाजरकोटको भेरीगंगा नगरपालिकाले संक्रमितको सम्पर्कमा आएका तीन सय ४० जनाको स्वाव सुर्खेत पठाएको छ।

प्रयोगशाला सञ्चालनमा आएयता कर्णाली प्रदेश सेवा निर्देशनालयले हालसम्म पाँच सय एक्सट्रयाक्सन किट पठाएको थियो।

ती किट पनि मेसिनमा म्याच नभएपछि प्रयोगशालाले निर्देशनालयलाई फिर्ता पठाइदिएको थियो।

प्रकाशित: Aug 26, 2020| 15:34 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।