सुर्खेत- कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४, भक्तपुरका १ र एकजना भारतीयमा कोरोना पुष्टि भएको हो। यो सँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ३१९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएका १२ सहित संक्रमणमुक्त हुनेको कुल संख्या २० हजार १९ पुगेको छ।
प्रदेशमा हाल २९४ जना संक्रमित संक्रमित छन्। हालसम्म ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

