शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैदीबन्दी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्यमा ध्यान दिन आयोगको आग्रह

कैदीबन्दी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्यमा ध्यान दिन आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले कारागारमा कोभिड–१९ को संक्रमण फैलिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले कारागारमा कोभिड–१९ को संक्रमण फैलिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ।

आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरेका हुन्।

आयोगले केन्द्रीय कारागार तथा बाँके, सुनसरी, सिराहा, पर्सालगायतका कारागारमा रहेका कैदी–बन्दी, सुुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीमा कोभिड–१९ को संक्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

आयोगका अनुसार देशका ७१ वटा कारागारमा २१ हजारभन्दा बढी कैदी–बन्दी छन्।

यस सम्बन्धमा आयोगले बुधबार कारागार व्यवस्थापन विभागसँग जानकारी लिएको छ।

देशका अधिकांश कारागारमा क्षमताभन्दा अधिक संख्यामा विगत लामो समयदेखि कैदी–बन्दी रहेको आयोगको यसअघिको अनुगमनबाट पाइएको छ।

आयोगका अनुसार कोभिड–१९ को संक्रमण बढेसँगै कारागारमा अत्यधिक संख्यामा रहेका कैदी–बन्दीले असुरक्षित महसुस गरी स्वास्थ्य सुरक्षा र जीवनरक्षाको लागि आयोगसमक्ष अनुरोध गरेका छन्।

कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुमा समेत त्रास सिर्जना भएको पाइएको आयोगले जनाएको छ।

बिरामी भएका कैदी–बन्दीलाई उपचार गर्न लैजाँदा तथा कारागारभित्र नयाँ कैदी–बन्दी भित्रिँदासमेत कोरोनाको जोखिम उच्च रहने आयोगको विज्ञप्तिमा उल्लेख छ।

क्षमताभन्दा अधिक संख्यामा कैदी–बन्दी रहेका कारागारमा कोभिड–१९ को संक्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन आयोगले सरकारसँग आग्रह गरेको छ।

साथै नयाँ कैदी–बन्दीको पीसीआर परीक्षण गरिए पछि पनि संक्रमण हुन सक्ने सम्भावना रहेकाले कारागारमा पठाइने नयाँ कैदीबन्दीलाई निश्चित अवधिका लागि अन्य कैदीबन्दीबाट छुट्टै राख्ने व्यवस्था गरी कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्यसम्बन्धी हक र बाँच्न पाउने अधिकार संरक्षण गर्न, गराउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ।

प्रकाशित: Aug 26, 2020| 15:17 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।