शुक्रबार, भदौ १२, २०८३

स्वास्थ्यकर्मीले आफू बसेकै ठाउँबाट काम गर्न पाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरु जहाँ छन्, त्यहीँबाट काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरु जहाँ छन्, त्यहीँबाट काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै हाल समायोजन भई कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई जो जहाँ छ, त्यहीँबाट काम गर्न व्यवस्था मिलाउन आग्रह गरेको हो।

मन्त्रालयले गत चैत १२ गते भएको मन्त्रिस्तरीय निर्णयअनुसार कात्तिक महिनासम्म स्वास्थ्यकर्मीलाई काम गरिरहेकै स्थानबाट काम गर्न व्यवस्था मिलाउन भनेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको समयमा समायोजन भएको स्थानमा जान रोकी अहिले काम गरिरहेको स्थान वा निकायबाटै तलब लिनेगरी स्वास्थ्यकर्मीलाई काम लगाउन संघीय मन्त्रालयलाई पत्राचार गरेको हो ।

प्रकाशित: Aug 26, 2020| 14:18 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।