काठमाडौं– चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका २५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका चिकित्सक कृष्णसागर शर्माका अनुसार अहिलेसम्म १५ जना नर्स, १ जना डाक्टर र अन्य सरसफाइ तथा प्रशासनका कर्मचारीमा संक्रमण भएको छ।
संक्रमितमध्ये १० जना अस्पतालको आइसोलेसनमा छन् भने अन्य स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको शर्माले जानकारी दिए। नेपालमा हालसम्म ४०० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
ठूलो संख्यामा कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताको कार्यसञ्चालनमा केही असहज भएको उनले बताए। उनका अनुसार अहिले पनि अस्पतालका सबै सेवा सञ्चालनमा भने छन् ।
सुरुमा केही कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरिए पनि हाल सबै सेवा सञ्चालनमा छन् । क्यान्सरका बिरामी पनि संक्रमित भएका छन्, जसले गर्दा उपचारमा समेत समस्या भएको उनले जानकारी दिए ।