शुक्रबार, वैशाख ७, २०८१

जब मेस्सी बोल्छन्, बार्सिलोना थर्किन्छ !

उनले एकल निर्णय गर्दैमा बार्सिलोनाले उनलाई कसरी जान दिन्छ भनेर सोच्नेहरुलाई त मेस्सीले पाखा नै लगाइदिए।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– भनिन्छ, मौनतामा पनि शब्द हुन्छ। अर्थात् निःशब्दताले जति कुरा बोल्छ, त्यति शब्दले पनि बोल्न सक्दैन।

triton college

१६ वर्ष विश्व फुटबलमा रमाएका कप्तान लियोनेल मेस्सीले नबोलेरै जति बोले, त्यसले मानिसलाई उनीप्रति गर्व गर्न बाध्य बनाउँछ। उनी शान्त रहेर नै आक्रोश व्यक्त गर्न सफल छन्। तर, पछिल्लो अवस्था भने यस्तो छैन। उनले भनेका छन्, ‘म बार्सिलोना छोड्न चाहन्छु।’

च्याम्पियन्स लिग क्वार्टरफाइनलमा हार बेहोरेको आक्रोशमा उनले यसो भनेका हुनसक्ने अनुमान गरिरहेका बार्सिलोनाका पदाधिकरीलाई त्यतिबेला धक्का लाग्यो, जब उनले दोहोर्याएर भने, ‘मैले बार्सिलोना छोड्ने निर्णय गरिसकेँ।’

उनले एकल निर्णय गर्दैमा बार्सिलोनाले उनलाई कसरी जान दिन्छ भनेर सोच्नेहरुलाई त मेस्सीले पाखा नै लगाइदिए। उनले मंगलबार साँझ बार्सिलोनालाई पत्रमा खुलेरै भनेका छन्, ‘सम्झौताको बुँदा नम्बर २४ अनुसार म जारी सम्झौता रद्द गर्न चाहन्छु, जसको अधिकार मलाई छ। मलाई लाग्छ, क्लबले सही व्यवस्थापन गर्नेछ।’

बार्सिलोनाले मेस्सीसँग गरेको सम्झौता अनुसार उनले बिना जरिवाना मे १० सम्म क्लब छोड्न सक्नेछन्। तर अहिलेको विषम परिस्थितिका कारण लिग रोकियो र ढिलो मात्र सकियो। जसकारण उनले लिग सकिएको मितिलाई आधार बनाएर आफ्नो सम्झौताको बुँदा प्रयोग गर्ने बताए।
बार्सिलोनाविरुद्ध मेस्सीको यति शब्द नै क्लबमा भूइँचालो ल्याउन सफल बन्यो। जसकारण बार्सिलोनाले तत्कालै बोर्ड बैठक बोलायो।

corrent noodles
Metro Mart

कोयमेनले के भने जसले मेस्सीलाई क्रुद्ध बनायो ?

बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यान र कप्तान मेस्सीबीचको अन्तर्वार्ता अतिरञ्जित तरिकाले सार्वजनिक भइरहेकाले अहिले बार्सिलोनाका प्रशंसक बेखुस छन्। साथै डच प्रशिक्षक कोम्यानले के भने र मेस्सी बार्सिलोना छोड्न बाध्य भए भन्ने अफबाह बार्सिलोनाका फ्यानसामु फैलिएको छ। जो उनीहरूलाई चिन्तित बनाउन पर्याप्त छ।

कोम्यानसँगको बैठकमा उनले मेस्सीलाई आफ्नो रणनीतिमा लचक हुन नसक्ने बताएका थिए। त्यसपछि, कोम्यानले कप्तानसँग कुराकानी नगरी खेलाडीबारे निर्णय लिँदै छन्। र, यो मेस्सीका लागि टाउको दुखाइको विषय छ।

स्पेनिस पत्रिका डिपोर्टसको स्रोत अनुसार बैठकबीच एउटा भनाइ उत्पत्ति भयो, जसले मेस्सीलाई क्रुद्ध बनायो। ‘टिममा मेस्सीको विशेषाधिकार खतम भएको छ,’ कोम्यानले भनेका थिए, ‘म लचक हुन सक्दिन। तपाईंले टिमको बारेमा सोच्चुहोस्।’

प्रशिक्षकको क्लबप्रतिको यस्तो अधिनायकवादी शैलीले नै मेस्सीलाई क्लबको विकल्प सोच्न बाध्य पारेको स्पेनिस अनलाइन पत्रिका मार्काले लेखेको छ।

यी सबै कुराहरूको उत्पत्ति बार्सिलोना समिति र प्रशिक्षकको मेस्सीबारे गलत बुझाइका कारण सम्भव भएको हो। अध्यक्ष जेसेफ मारिया बर्टोमाउले मेस्सीले कसैगरे क्लब छोड्न नसक्ने र बार्सिलोनाबाटै संन्यास लिने बताउँदै आएका थिए।

यता प्रशिक्षक पनि उनलाई राख्ने र अन्य पाका खेलाडीलाई हटाएमा मेस्सीले सम्झौता बढाउँछन् भन्ने कुरामा ढुक्क थिए। तर त्यो भएन।
कोम्यानले लुइस सुवारेज र अर्थुरो भिडालप्रति देखाएको व्यवहारले मेस्सीलाई बार्सिलोनामा बसिरहन दिएन।

बार्सिलोना छोड्ने लय

मेस्सीको रिलिज क्लज ७०० मिलियन यूरो छ। त्यो रकम तिरेर लैजानु अन्य क्लबका लागि ठूलो चुनौती हो। किनभने यो विश्वकै ठूलो रकम हो। यता, त्यो रकम तिरेर लगिसकेपछि मेस्सीलगायत अन्य खेलाडीलाई पनि तलब त दिनैपर्यो। यसकारण कुनै क्लबले ७०० मिलियन यूरो तिरेर लैजान तदारुकता देखाउन सक्ने छैनन्। 

त्यसैले मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफ्नो रिलिज क्लज घटाउन प्रस्ताव मात्र गरेका छैनन्, उनले फ्रि ट्रान्सफर माग गरेका छन्।

बार्सिलोना छोड्छु भन्ने सार्वजनिक अभिव्यक्ति भन्दा यस्तो लिखित प्रतिक्रया बार्सिलोनाका लागि कैयौँ गुण शक्तिशाली बनेको छ। जुन १० अर्थात् अफ सिजनमा क्लब छोड्न पाउने प्रावधानलाई पनि उनले अर्को हतियार बनाए भने एउटै कुरा दोहार्याएर भनेपछि उनले क्लब छोड्ने पक्का भएको बुझिन्छ।

मेस्सीको यात्रा

मेस्सी अहिले त्यो गाइनेको अवस्थामा छन्, जुन एउटा चौतारोमा गीत गाएर अब कता जाने भन्ने सोचिरहेको छ। उनलाई प्रस्थान गर्न तीनबटा बाटा खुल्ला छन्– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), प्रिमियर क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान।

पछिल्लो समय म्यानचेस्टर युनाइटेडले पनि उनलाई अनुबन्ध गर्न चाहेको युरोपेली मिडियाले बताउँदै आएका छन्।

इन्टर मिलानले मेस्सीलाई क्लबमा अुनबन्धन गर्न २६० मिलियन यूरो दिन तयार रहेको पनि बताइसकेको छ। यता मेस्सीका पिताले मिलानमा एक घर किनेका छन्।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको समयमा मेस्सीले बार्सिलोनामा उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैले मेस्सी र ग्वार्डिओलाको सम्बन्ध राम्रो मानिएको छ। त्यसैले उनी इतिहादको बाटोतर्फ लाग्ने सम्भावना धेरै छ।

तेस्रो टिम हो, पीएसजी। जहाँ उनका पूर्व सहयात्री नेयमार छन्। च्याम्पियन्स लिगको फाइनल पुगेर हार बेहोरेको पीएसजीले फेरि मेस्सी र नेयमारको जोडीले च्याम्पियन्स लिग सपना देखेको छ।

यता पछिल्लो सिजनको सुरुमा बार्सिलोनाले नेयमारलाई क्लबमा फर्काउन नसक्नु पनि मेस्सीको चिन्ताको कारण थियो।

क्याम्प नाउमा प्रदर्शन

कोरोनाको महामारीबीच मानिसलाई आफ्नो स्वास्थ्यको भन्दा धेरै चिन्ता मेस्सीले क्लब छोड्लान् भन्ने छ। विश्व फुटबलको केन्द्रमा रहने मेस्सी आफूले समर्थन गर्ने क्लबमा रहुन् भन्ने नचाहने सायदै कोही होला।

त्यसैले मेस्सीले क्लब छोड्ने समाचार प्रकाशित भएलगत्तै बार्सिलोनाका समर्थकलले क्याम्प नाउमा प्रदर्शन गरेका छन्। उनीहरुले अध्यक्ष बर्टोमाउको राजीनामासमेत माग गरेका छन्।

स्पेनिस प्रहरीले भीडलाई तितरबितर बनाएपछि शान्त बनेको क्याम्प नाउको बैठक कोठामा त्यो सयम बोर्ड बैठक चलिरहेको थियो।

प्रकाशित: Aug 26, 2020| 13:55 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।