शुक्रबार, भदौ १२, २०८३

चितवनबाट फरार कोरोना संक्रमित नुवाकोटमा भेटिए

चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट फरार कोरोना संक्रमित युवक नुवाकोटमा भेटिएका छन्।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट फरार कोरोना संक्रमित युवक नुवाकोटमा भेटिएका छन्।

चितवनको आइसोलेसन सेन्टरबाट मंगलबार भागेका १९ वर्षीय संक्रमित युवक बुधबार बिहान नुवाकोटको बेलकोटगढी नगरपालिका–५ बाट पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीको नियमित जाँचका क्रममा उनी फेला परेका हुन्। उनी साइकल चढेर चितवनबाट नुवाकोट पुगेका थिए।

चोरीको आरोपमा पक्राउ परेका ती युवकमा हिरासतमै रहेका बेला कोरोना पुष्टि भएको थियो।

उनलाई नुवाकोटमै आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 26, 2020| 13:01 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।