शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बहुविवाह मुद्दाका दुईजना प्रतिवादी सात वर्षपछि पक्राउ

बहुविवाह मुद्दाका दुईजना प्रतिवादी सात वर्षपछि पक्राउ

बहुविवाह मुद्दाका फरार दुई प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– बहुविवाह मुद्दाका फरार दुई प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको छ।

जिल्ला अदालत बझाङको २३ फागुन २०७० गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका–३ बस्ने ३४ वर्षीय राजेन्द्रबहादुर खड्का र सोही नगरपालिका बस्ने बाजुरा कुलदेवमाण्डौंका २७ वर्षीया राधिका खड्का छन्।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई जयपृथ्वी नगरपालिका–९ देवलबाट पक्राउ गरेको हो।

उनीहरुलाई जिल्ला अदालत बझाङमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाइएको छ।

प्रकाशित: Aug 26, 2020| 12:12 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।