काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटासहित भूगर्भविदसहितको टोली बुधबार सिन्धुपाल्चोक जाँदै छ।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्ट सहित सिन्धुपाल्चोकको जान लागेको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।
३० साउनमा जुगल गाउँपालिकाको लिदी पहिरोबाट विस्थापित भएकाहरूको अस्थायी स्थानान्तरण सुरु गरिएको छ।
त्यहाँको अवस्था जानकारी लिने, राहत सामग्री हस्तान्तरण गर्ने लगायतका कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
भूगर्भविद्सहितको टोलीले त्यहाँ पुगेर जोखिमयुक्त वस्तीको अध्ययन गर्नेछ। त्यहाँका बाढीपहिरोबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थायी रुपमा स्थानान्तरण गर्ने सहमति यसअघि नै भइसकेको छ।