शुक्रबार, भदौ १२, २०८३

पर्सामा कालोबजारी गर्ने पसल कारबाहीमा

पर्सामा निषेधाज्ञाका बेला कालोबजारी तथा मूल्यवृद्धि गरी बिक्रीवितरण गरिरहेका तीन वटा पसल कारबाहीमा परेका छन्।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

भदौ– पर्सामा निषेधाज्ञाका बेला कालोबजारी तथा मूल्यवृद्धि गरी बिक्रीवितरण गरिरहेका तीन वटा पसल कारबाहीमा परेका छन्।

निषेधाज्ञाका बेला दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि गरी बिक्रीवितरण गरिरहेका माईस्थान वीरगन्जका चन्द्रकिशोर ट्रेडर्स, शिव देवी ट्रेडर्स र मा जगदम्बा फ्रुट सेन्टरमाथि कारबाही गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तमाङले बताए।

विभिन्न तरकारी तथा फलफूल पसलमा अनुगमन गर्दा मूल्यसूची नराखेको तथा खरिदबिक्री बिल उपलब्ध गराउन नसकेको पाइएपछि कारबाही गरिएको तामाङले बताए।

चन्द्रकिशोर ट्रेडर्स र शिवदेवी ट्रेडर्सलाई २०÷२० हजार र मा जगदम्बा फ्रुट सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नारायण आचार्यले बताए।

उपभोक्ताको गुनासोका आधारमा बुधबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीले बजार अनुमगन गरेको थियो।

पर्सामा साउन १० गतेदेखि जारी निषेधाज्ञाको एक महिना पुगेपछि पहिलोपटक बजार अनुगमन गरिएको हो।

यसलाई निरन्तरता दिइने अनुगमन टोलीका सदस्य तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए।

प्रकाशित: Aug 26, 2020| 12:00 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।