शुक्रबार, भदौ १२, २०८३

उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा थप

काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा थप भएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा थप भएको छ।

बुधवार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

३ भदौ मध्यरातदेखि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिंदैछ।

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सिफारिस गरेको थियो।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सेवा बन्द रहने छन्।

कोरोना महामारी बढेसँगै स्थानीय प्रशासनले करिब ४० जिल्लामा निषेधाज्ञा लगाएका छन्।

प्रकाशित: Aug 26, 2020| 11:38 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।